त्रिवि सेवा आयोगका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने मागसहित क्रान्तिकारीको रिले अनसन सुरु

 जेठ ६, २०७६ सोमबार १९:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  त्रिवि सेवा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अनिश्चितकालस्न रिले अनसन सुरु गरेको छ । 

त्रिवि सेवा आयोगको गेटमा  सोमबारदेखि रिले अनसन सुरु गरिएको अखिल क्रान्तिकारी काठमाण्डौका संयोजक संघर्ष दाहालले जानकारी दिनुभयो ।  त्रिवि सेवा आयोग नै खारेज गर्नुपर्ने, आयोगका कर्मचारी तत्काल बर्खास्त गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने माग राखेर रिले अनसन थालिएको उहाँले बताउनुभयो ।

त्रिविले केही दिनअघि प्रकाशित गरेको सेवा आयोगको कर्मचारी सूचीमा धेरैजसो आयोगका पदाधिकारीका आफन्त र राजनितिक दल निकटका व्यक्तिको नाम भेटिएपछि चौतर्फी विरोध हुँदै आएको छ ।  माग पूरा नभए आमरण अनसन बस्ने पनि दाहालले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया