कामीरिता शेर्पाद्वारा २४ औँ पटक सगरमाथा आरोहण

 जेठ ७, २०७६ मंगलबार ८:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । 

गएको बुधबार २३ औँ पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिनुभयो । 

अघिल्लो वर्ष २२ औँ पटक सगरमाथा आरोहण गर्दादेखि नै सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले लगातार आफ्नै किर्तिमानी तोड्नुभएको हो । 

उहाँले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया