आइएमई पे ले ल्यायाे ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम

 जेठ ७, २०७६ मंगलबार १७:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम हालै सार्वजनिक भएको छ ।

गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरी मोबाइलबाटै विभिन्न बिल भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा प्रयोग गर्न सकिने आइएमई पे ले हालै ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सुरु गरेकाे कम्पनीले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाइजहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न  सकिन्छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया