अर्घाखाँचीमा बस दुर्घटना : १५ जना घाइते

 जेठ ७, २०७६ मंगलबार १८:१२:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची –  अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले बताएको छ । 

घाइतेको उद्धार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिँदै छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया