काठमाण्डौको तापक्रम यो वर्षकै उच्च

 जेठ ८, २०७६ बुधबार ७:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ । मंगलबार काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डूको तापक्रम त्यसयता घटबढ हुँदै मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

केहिदिनयता पानी नपर्दा देशभरी कै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ । बुधबार भने धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले अहिले सफा रहेको ठाउँको मौसम पनि बुधबार बदली भई देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ ।

मौसमविद्का अनुसार सामान्यतया प्रिमनसुनमा बिहान मौसम सफा भएपनि दिउँसोपछि स्थानीय वायुको असरले मौसम बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित बेलुकीतिर पानी पर्ने गर्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया