मलेसियामा सयौं ‘अवैधानिक’ विदेशी कामदार पक्राउ, धरपकड तीव्र

पाँच वर्ष जेल वा १४ लाख रुपैयाँ जरिवाना नतिरी मलेसियाबाट फर्कने जुक्ति

 असार १९, २०७५ मंगलबार ११:४७:४८ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहनु भएको छ ? यदि त्यसो हो भने तत्कालै नेपाल फर्कने तयारी गरिहाल्नुहोस् । मलेसियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेको छ । पछिल्लो जानकारी अनुसार, कोतरायबाट मात्रै अहिलेसम्म २ सय ९९ जना कामदार पक्राउ परेका छन् ।

दूतावासले प्रकाशन गरेको सूचनामा भनिएको छ ‘आउट पासका लागि नेपाली दूतावासको कुनै भूमिका हुँदैन । यसमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ ।’ अवैधानिक रुपमा मलेसियामा रहेका नेपालीलाई घर फर्कन दूतावासले पासपोर्ट वा यात्रा अनुमति पत्र मात्र जारी गर्ने पनि स्पष्ट पारेको छ ।

अध्यागमन प्रहरीले जुलाई १ तारेखदेखि मलेसियाका बसपार्क, सडक, सपिंग मल जस्ता सार्वजनिक ठाउँ र कामदार बस्ने होस्टलहरुमा पनि छापा मारेरे अवैधानिक कामदारको खोजी सुरु गरेको छ । यसरी छापा मार्दा काम गर्ने कागजपत्रको म्याद गुज्रिएका वा नभएका विदेशी कामदार पक्राउ परिरहेका छन् ।

यसरी पक्राउ परेका विदेशी कामदारले कम्तीमा ५ वर्ष जेल बस्नुपर्छ । वा ५० हजार रिंगिट (झण्डै १४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्छ । मलेसियामा पक्राउ पर्दा कतिपयले जरिवानाको पैसा तिरेर मात्रै पुग्दैन, ५ वर्ष जेल पनि बस्नुपर्छ ।

अवैधानिक कामदारले आउँदो ३० अगष्ट भन्दा अगाडि नै अनिवार्य मलेसिया छाडिसक्नु पर्ने भएकाले प्रक्रिया पूरा गरेर नेपाल फर्कन मलेसियास्थित नेपाली दूतावासले पनि आव्हान गरेको छ । मलेसियाले गएको ३० जुनसम्म अवैधानिक कामदारलाई वैधानिक हुने मौका दिएको थियो ।

मलेसिया छाड्न चाहिने आउट पास मलेसियाको अध्यागमन विभागले जारी गर्ने हुँदा अवैधानिक भैसकेका कामदारले यस प्रक्रियामा अनिवार्य रुपमा सहभागी भएर नेपाल फर्कन भनिएको छ । दूतावासले प्रकाशन गरेको सूचनामा भनिएको छ ‘आउट पासका लागि नेपाली दूतावासको कुनै भूमिका हुँदैन । यसमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ ।’ अवैधानिक रुपमा मलेसियामा रहेका नेपालीलाई घर फर्कन दूतावासले पासपोर्ट वा यात्रा अनुमति पत्र मात्र जारी गर्ने पनि स्पष्ट पारेको छ ।

नेपाल कसरी फर्कने ?

१) नेपाली दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र बनाउने । नेपाल फिर्ता हुन पासपोर्ट चाहिन्छ । पासपोर्ट छैन भने तत्काल नेपाल फर्कन एकतर्फी यात्रा अनुमति पत्र अथवा ट्राभल डकुमेन्ट बनाउनुपर्छ । त्यसका लागि नागरिकता वा पासपोर्टको फोटोकपीका साथ दूतावासमा निवेदन पेश गर्नुपर्छ । १६० रिंगिट राजस्व तिरेपछि निवेदन दिएकै दिन ट्राभल डकुमेन्ट पाइन्छ । 

पासपोर्ट र यात्रा अनुमतिका लागि कामदार आफैं उपस्थित हुनुपर्छ । कोही दलाल वा कम्पनीको सहयोग लिन जरुरी छैन । कसैले यी सेवा दिन्छु भनेर पैसा लिन्छ भने उसले तपाईंलाई ठगीरहेको छ । प्रमाणसहित दूतावासमा उजुरी दिए दलाल र त्यस्ता कम्पनी कारवाहीमा पर्छन् ।

२) घर फर्कन मलेसिया सरकारले तोकेका कम्पनीहरुको सहयोग लिनुपर्छ । मलेसियन अध्यागमन विभागले स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशी कामदारलाई कागजी प्रक्रियामा सहयोग गर्न ८ वटा कम्पनी तोकेको छ । अध्यागमन विभागबाट प्राप्त सूचना बमोजिम अवैधानिक कामदारले घर फर्कन सोही कम्पनी मार्फत काम गर्नुपर्छ । यस्तो सहयोगका लागि कम्पनीलाई सेवा शुल्क वापत ३८० रिंगिट र नेपाल नफर्कुन्जेलको बीमाको लागि २० रिंगिट गरी चार सय रिंगिट तिर्नुपर्छ । शुल्क लिए वापत कम्पनीले आवेदकलाई अध्यागमन विभाग लैजाने, ल्याउने काम र सम्पूर्ण दर्ता प्रक्रिया पूरा गरि दिन्छ । नेपाल फिर्ता हुने हवाई टिकट बुक गर्न र खरिद गर्न पनि सो कम्पनीले आवेदकलाई सहयोग गर्छ । तर नेपाल फर्कने हवाई टिकट, यातायात र खाने बस्ने खर्च आफैँले गर्नुपर्छ । 

३) अध्यागमन विभागमा तोकिएका कम्पनी मार्फत जरिवाना वापत थप तीन सय रिंगिट र आउट पास वापत एक सय रिंगिट तिरेपछि फिङ्गरिङ गरेपछि बल्ल नेपाल फर्कने बाटो खुल्छ । 

४) त्यसपछि हवाई टिकट खरिद गर्ने । हवाई टिकटको खर्च कामदार आफैले व्यहोर्नुपर्छ । तर हवाई टिकट बुकिङ्ग र खरिद गर्न तोकिएको कम्पनीले सहयोग गछ्र्र । 

५) सबै प्रक्रिया पूरा भएपछिअध्यागमन विभागले आउट पास दिन्छ । पासमा तोकिएको दिन र समयभित्रै स्वदेश फर्कनु पर्छ । मलेसियाले अवैधानिक कामदारलाई घर फर्कने प्रक्रियामा सहयोग गर्न ८ वटा कम्पनी तोकेको छ । आफूलाई पायक पर्ने कम्पनीबाट सेवा लिन सकिन्छ ।

धरपकड तीव्र 

मलेसियाको अध्यागमन विभागले ३० जुनको मध्यरातदेखि मलेसियाभर अवैधानिक रुपमा बसेका प्रवासी कामदार पक्राउ गरिरहेको छ । अवैधानिक हैसियतमा रहेका कामदारलाई वैधानिक बन्ने दिइएको समय ३० जुनमा सकिए लगत्तै त्यसै दिन मध्यरातबाट अवैधानिक कामदार पक्राउ गर्न थालिएको हो । 

अध्यागमन विभागले मलेसियाको ५३६ जना रोजगारदातालाई पनि कारबाही गरेको छ । अवैधानिक हैसियतका कामदारलाई काम लगाएको भन्दै रोजगारदातालाई कारबाही गरिएको समाचार अध्यागमन विभागका महानिर्देशक दातुक सेरी मुस्ताफर अलीलाई उध्दृत गर्दै मलेयिाका सञ्चारमाध्यमहरुले समाचार छापेका छन् ।

अवैधानिक कामदार पक्राउ गर्न देशभर ओप्स मेगा ३.० नामको अप्रेसन चलाइएको छ । अध्यागमन प्रहरीले भिडभाड हुने बसपार्क, मेट्रो, सपिङ मलहरुसँगै कामदार बस्ने ठाउँमा पुगेर कागजपत्र जाँच गर्न थालेका छन् । क्वालालाम्पुरको कोतराय क्षेत्रबाट आइतबार (१ जुलाई) कागजात नभएका दुई सय २९ जना प्रवासी कामदार पक्राउ परेका छन् ।

ती मध्ये कतिजना नेपाली कामदार पक्राउ परेका छन् भन्ने जानकारी नआएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गरिने भएकाले उनीहरुको अवस्थाबारे घरफिर्ती केन्द्रमा लगिएपछि मात्रै जानकारी हुने पनि राजदूत खरेलले बताउनुभयो । 

मलेसियाले यसपाली रोजगारदातालाई पनि लक्षित गरेर धरपकड गर्न थालेको छ । अध्यागमन विभागले मलेसियाको ५३६ जना रोजगारदातालाई पनि कारबाही गरेको छ । अवैधानिक हैसियतका कामदारलाई काम लगाएको भन्दै रोजगारदातालाई कारबाही गरिएको समाचार अध्यागमन विभागका महानिर्देशक दातुक सेरी मुस्ताफर अलीलाई उध्दृत गर्दै मलेयिाका सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । मलेसियामा झण्डै एक लाख नेपाली कामदार अवैधानिक रुपमा काम गरिरहेका अनुमान छ । 

तस्बिर : मलेसियन अध्यागमन विभाग
 

याे पनि पढ्नुहाेस्

समयमै स्वदेश फर्किन अवैधानिक नेपालीलाई दूतावासको आग्रह

मलेसियाले आइतबारदेखि अवैधानिक कामदार पक्रिने

छोरो १२ वर्षदेखि मलेसियामा बेपत्ता, रोकिँदैन आमाको आँसु

मलेसियाबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म (भिडियो)
 

 

अन्तिम अपडेट: चैत ७, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

2 Comments

  • Hom bahadur shrestha

    July 3, 2018, 10:28 p.m.

    Nepal sarkarle e abaidhanik kamdarharulai nepal farkauna nepalbatai biman pathauda ramro hunxaki kinavane e kamdar harusanga ahile tatkal ghar aaunalai paisa nahunasakxa ra barsauvar bideshi vumiko jelma sadera basnuparxa yati nepal sakarle sahayog garnale uni haruko pariwarma pida hunexaina ,uniharuko pariwarma chulo balnexa tyasaile nepal sarkar yati sahayog garnu paryo

  •  0 Reply
  • shankar sah

    July 3, 2018, 6:58 p.m.

    यहाँ लाखौनेपाली अबैधानिक रुपमा काम गर्दै आएको कुरा खुलासा गरिएको छ र त्यस मध्य कतिको सम्स्या यस्तोपनी होला कि आएकोरिन पनि नतिरी घर कसरि फर्किने कति सङ्ग घर फर्किने पैसानहोला अब नेपाल सरकार को कस्तो भुमिका होला ? ति लाखौ नेपाली लाई के गरि ब्यब्स्थित गर्ने होला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया