प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६ वर्षीय श्रेष्ठ बुधबार बिहान सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सगरमाथा आरोहणमा जानुअघि श्रेष्ठले सगरमाथा आरोहण गरेर एचआईभी संक्रमितको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमानी बनाउने दाबी गर्नुभएको थियो ।
तर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने उहाँ संक्रमितको तर्फबाट पहिलो हुन सक्ने भए पनि पर्यटन विभागले थप अध्ययन गरेपछि मात्र कीर्तिमानीको बारेमा टुङ्गो लाग्ने बताउनुभयो ।