एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता भारतीय खेलाडी गोमती डाेपिङमा

 जेठ ८, २०७६ बुधबार २०:४४:३१ | एजेन्सी
unn.prixa.net

कतारको राजधानी दोहामा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता भारतीय खेलाडी गोमती मारिमुथु डोपिङमा परेकी छिन् । डोपिङ टेस्ट गर्दा उनको पोजेटिभ पाइएको हो । जसका कारण अस्थायी रुपमा निलम्बन गरिएको जनाइएको छ ।

३० वर्षीया मामिुथुले ८०० मिटर दौडमा २ मिनेट २ दशमल ७० सेकेण्डमा पूरा गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान उनको टेस्ट गरिएको थियो ।

उनले शक्तिबर्द्धक औषधी सेवन गरेको पुष्टि भएमा उनलाई ४ वर्षको प्रतिबन्ध लाग्ने छ । दोस्रो पटक भारतको पटियालामा मार्च १३ देखि १५ सम्म पनि स्याम्पल लिइएको थियो । जसमा प्रतिबन्धित शक्तिबर्द्धक औषधिको मात्रा पाइएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया