प्रमाणीकरणका लागि आएकाे राहदानीसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा संसदमै फिर्ता

 जेठ ८, २०७६ बुधबार २०:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिनु भएको छ ।

बुधबार राष्ट्रपति कार्यालयबाट सार्वजनिक विज्ञप्तिका अनुसार सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाएको विधेयकलाई पुनर्विचारका लागि संसदमै पुनः फिर्ता पठाइएको हो । राष्ट्रपति कार्यालयले विधेयकमा पुनर्विचार गर्न आग्रह गरे पनि के–के कुरामा पुनर्विचार गर्ने हो भन्ने चाहिँ खुलाएको छैन । 

संसदबाट पारित भएर सभामुखले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएको यो पहिलो पटक हो । 

राहदानीसम्बन्धी विधेयकमा मुद्दा चलेका व्यक्तिलाई नागरिकता नदिनेलगायतका विषयहरुमा राष्ट्रपति भण्डारी असन्तुष्ट रहेको बुझिएको छ । मुद्दा चलेको नाममा कुनै पनि नेपाली नागरिकलाई उसको अधिकारबाट वञ्चित गर्न नहुने भन्दै राष्ट्रपतिले विधेयक फिर्ता पठाएको बुझिएको छ । 

 

पूरा विधेयक पढ्नुहाेस् 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया