भारतीय लोकसभा चुनाव : सुरुवाति मतगणनामा बीजेपी अगाडि

 जेठ ९, २०७६ बिहिबार ९:७:१९ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । 

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रारम्भिक मत गणना अनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । 

कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । कांग्रेस कुल ५४३ मध्ये ४४ सिटमा रोकिएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया