खेर गएका कागजबाट विद्यार्थीले बनाए धरहरा र मन्दिर !

 जेठ ९, २०७६ बिहिबार १३:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – जान्ने हो भने खेर जाने कागज, प्लाष्टिक लगायतबाट आकर्षक सरसामान बनाउन सकिन्छ । जुन सामान अरु काममा प्रयोगमा ल्याउन र सजाउन काम लाग्छ । विद्यार्थीहरुले यसैगरी खेर गएका कागज र प्लाष्टिकबाट कामलाग्दा सरसामान बनाएका छन् ।

सदर चिडियाखानामा बिहीबार विद्यार्थीहरुले आफूले बनाएको सामान प्रदर्शनीमा राखेका छन् । घर र स्कुलमा फालिने कागज र प्लाष्टिकबाट कामलाग्दो सामान बनाउन सकिन्छ भनेर अरुलाई देखाउनको लागि प्रदर्शनी गरिएको विद्यार्थीहरुले बताए ।

विश्व वातावरण दिवस नजिकिँदै गर्दा कागज र प्लाष्टिकको पुनः प्रयोगमा चेतना जगाउन चिडियाखानाले यस्तो प्रदर्शनी गरेको हो । चिडियाखानाले विद्यार्थीहरुको सहभागितामा फोहोर मैला व्यवस्थापनबारे अन्तक्र्रिया कार्यक्रम तथा वायु प्रदुषणको विषयमा पोस्टर बनाउने प्रतियोगिता पनि आयोजना गरेको छ ।


हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाइन्छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया