‘मैले जित्दा धर्मको जित हुन्छ, अधर्मको नाश हुन्छ’- साध्वी प्रज्ञा

 जेठ ९, २०७६ बिहिबार १४:५:४० | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव अन्तर्गत मतगणना जारी छ । जम्मा ५ सय ४२ सिटको सुरुवाति मतगणनामा भारतीय जनता पार्टी (बीजेपी) निकै अगाडि देखिएको छ । 

भाजपा यो मतगणनामा निकै बलियो देखिएको छ भने भारतीय कांग्रेस पार्टी कमजोर देखिएको छ । पार्टीका कैयौँ दिग्गज नेताहरु पनि पछाडि परेका छन् । स्वयं कांग्रेस अध्यक्ष राहुल गान्धीलाई अमेठीबाट भाजपाकी स्मृति इरानीले कडा टक्कर दिइरहेकी छिन् । 

यही सन्दर्भमा मध्यप्रदेशको भोपाल सिटकी भाजपाकी विवादित उम्मेदवार साध्वी प्रज्ञासिंह ठाकुर अघि देखिएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी भारतीय कंग्रेसका वरिष्ठ नेता तथा राज्यका पूर्व मुख्यमन्त्री दिग्विजय सिंह रहेका छन् । 

साध्वीले भने आफ्नो अग्रतालाई धर्मको विजयसँग तुलना गरेकी छिन् । ‘मेरो जित निश्चित छ । मेरौ जितसँगे धर्मको पनि जित हुन्छ र अधर्मको नाश हुन्छ । भोपालको जनताप्रति आभार व्यक्त गर्दछु ।’   

यसअघि पनि साध्वीले यस्तै विवादास्पद बयान दिँदै आइरहेकी छिन् । पछिल्लो पटक उनले नाथूराम गोड्सेलाई देशभक्त भनेर निकै विवादमा तानिएकी थिइन् । धेरैले साध्वी र विवादलाई एक अर्काका प्रयाय नै मानेका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया