भारतले फेरि एकपटक जितेको छ : माेदी

 जेठ ९, २०७६ बिहिबार १५:१९:५८ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा भारतीय जनता पार्टी निकै अगाडि देखिएको छ । त्यस्तै भारतीय कंग्रेस भने कमजोर देखिएको छ । 

जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । 

कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

उत्तर प्रदेशको वाराणासीबाट चुनावी मैदानमा उत्रिएका मोदी मतगणना जारी रहँदा चार लाख ७६ हजार ९६३ मतका साथ अग्रस्थानमा छन् । दोस्रो नम्बरमा समाजवादी पार्टीकी शालिनी यादव छिन् । उनले एक लाख ४५ हजार ११ मत प्राप्त गरेकी छिन् । 

भाजपाको जित नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा ट्वीट गर्दै फेरि एकपटक भारतको जित भएको बताएका छन् । ‘सबैको साथ + सबैको विकास + सबैको विश्वास = विजयी भारत’, प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन् । 

 

यो सँगै मोदीले भाजपालाई सहयोग गर्ने सबैलाई बधाई पनि दिएका छन् ।  


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया