एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि

 जेठ १०, २०७६ शुक्रबार ६:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -

एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

मूलपानी र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबले त्रिवि मैदान कीर्तिपुरमा खेल्नेछन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकाे उद्घाटन गर्नुहुनेछ ।

मूलपानी मैदानको पिच लगायतका कुराहरु तयार भए पनि ट्रायल गर्दा एयर लिएकाले त्यहाँका खेलहरु भने १२ गतेदेखि मात्रै सुरु हुनेछन् । मुलपानीको तल्लो मैदान उद्घाटन यसै पीएम कपबाट गर्ने तयारी गरिएको थियो । अब त्यसको उद्घाटन १२ गते युवा तथा खेलकुदमन्त्रीले गर्ने पनि जनाइएको छ ।

प्रतियोगिताको विजेताले २० लाख जित्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार जित्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

 

 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया