बस र ट्रक ठोक्किँदा दुईको ज्यान गयाे, २५ जना घाइते

 जेठ १०, २०७६ शुक्रबार ११:१४:० | रासस

सिरहा - सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति करीब १०ः२५ बजे बस र ट्रक ठाेक्किँदा दुई जनाकाे घटनास्थलमै ज्यान गएकाे छ भने २५ जना घाइते भएका छन् । 

पूर्वबाट काठमाण्डाै हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा बसमा रहेका सबै २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया