न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ,सिस्नेरीमा सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।
विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको जीप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतिहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमकार सिंहले बताउनुभयो ।
दुर्घटनामा भीमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय महेश भुलन(चालक) र भारतको बेतिया बस्ने २२ वर्षीय कनैयाकुमार साह घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुलाई उपचारको लागि बल्खुकाे बयाेधा अस्पतालमा लगिएको छ । लिची बोकेर काठमाण्डौ जान लागेको जीप दुर्घटनामा परेको हो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।