बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

 जेठ १०, २०७६ शुक्रबार १५:३४:५९ | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री टरिजा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । 

उहाँले आगामी जुन ७ मा कन्जर्भेटिभ पार्टीको नेतृबाट राजीनामा दिने बताउनुभएको छ । तर नयाँ प्रधानमन्त्री नचुनिएसम्मका लागि उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ । 

प्रधानमन्त्री मेले अघि सारेको ब्रेक्जिट रणनीतिलाई लिएर संसद र कन्जर्भेटिभ पार्टीभित्र नै विद्रोह चलिरहँदा उनले राजीनामा घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

डाउनिंग स्ट्रिटमा भावुक शैलीमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री मेले सन् २०१६ मा यूरोपियन संघको जनमत संग्रहको परिणामको सम्मान गर्नका लागि सक्दो र ‘सर्वश्रेष्ठ प्रयास’ गरेको बताउनुभयो । 

प्रधानमन्त्री मेले ब्रेक्जिट पारित गर्न नसकेकोमा आफूले निकै अफसाेच गरेको प्रतिक्रिया दिनुभयो । ‘तर एक नयाँ प्रधानमन्त्री देशको हितमा थियो,’ उहाँले भन्नुभयो ।  

कन्जर्भेटिभ पार्टीले नयाँ नेतृत्व नचुनेसम्म आफूले प्रधानमन्त्रीको रुपमा काम गर्ने उहाँले बताउनुभयो । यही हप्ताबाट नै नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु हुने  बताइएको छ ।  

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु मेरो लागि जीवनको सबैभन्दा गर्वको कुरा हो ।’
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया