विश्वकप क्रिकेट : प्रतियोगिताबाट टिम बाहिरिँदा पनि म्यान अफ द सिरिज बनेका तीन खेलाडी

 जेठ १०, २०७६ शुक्रबार १७:२३:५५ | एजेन्सी
unn.prixa.net

हरेक क्रिकेटरको सपना हुन्छ आफ्नो करियरमा खेलको शिखरमा रहने । खेलाडीको व्यक्तिगत प्रदर्शनका कारण रेकर्डहरु पनि बन्छन् । तर क्रिकेट टिम गेम भएकाले यहाँ एक्लैले गरेको प्रदर्शनले टिमलाई फाइदा नपुग्न सक्छ । 

आईसीसी विश्वकप क्रिकेटको कुरा गर्ने हो भने ११ संस्करण मध्ये तीन वटा विश्वकपमा उपाधि भिडन्त नगर्ने टिमका खेलाडीले ‘प्लेयर अफ द म्याच’ को अवार्ड पाएका छन् । खेलमा म्यान अफ द म्याच दिइन्छ ।

तर पुरै प्रतियोगिता भरि नै गरेको प्रदर्शनका आधारमा प्लेयर अफ द सिरिज दिँदा कहिलेकाही पराजित भएका टिमका खेलाडीको पनि नाम आउँछ । कारण हो उनीहरुले खेल्दा गरेको प्रदर्शन जसलाई फाइनल सम्म खेल्ने टिमका खेलाडीले भेटाउन नसक्नु । 

आईसीसी विश्वकपमा धेरै जसो विजयी टिमका कुनै एक महत्वपूर्ण खेलाडीलाई प्लेयर अफ द सिरिजको उपाधि दिइन्छ । तर अहिलेसम्म तीन वटा विश्वकपमा प्रतियोगिताबाट बाहिर भएका टिमका खेलाडीले प्लेयर अफ द म्याचको अवार्ड पाएका छन् ।

१. मार्टिन क्रो 

१९९२ को विश्वकपमा पहिलो पटक यस्तो भएको थियो । न्यूजील्याण्डका मार्टिन क्रोले पहिलो पटक उपाधि नजित्ने टिमबाट म्यान अफ द म्याचको सिरिज हात पारेका थिए । यो विश्वकप पाकिस्तानले जितेको थियो ।

तर न्यूजील्याण्डका कप्तान रहेका मार्टिन क्रोले १९९२ को विश्वकपमा प्रतियोगिता अवधिभर ४५६ रन बनाएका थिए । उनको टिम सेमिफाइनल सम्म पुगेको थियो । १३ वर्षीय क्रिकेट करियरमा क्रो १९९२ मा सर्वाधिक फर्ममा थिए । 

उनले न्यूजील्याण्डलाई सेमिफाइनल सम्मको यात्रा तय गराए पनि उपाधि नजिक पुर्‍याउन सकेनन् । तर उनको व्यक्तिगत प्रदर्शनका कारण उनले म्यान अफ द सिरिजको उपाधि जिते ।

२. लस क्लूजनर 

१९९९ को विश्वकपमा पनि उपाधि जित्ने टिमका खेलाडीले म्यान अफ द सिरिजको उपाधि हात पारेका थिए । यो विश्वकपमा दक्षिण अफ्रिकाका लस क्लूजनरले हात पारे । उनले २८१ रन बनाउनुका साथै १७ विकेट लिएका थिए । उनले प्रहार गरेका बल स्टेडियम बाहिर समेत पुगेका थिए ।

१. सचिन तेन्दुलकर

२००३ को विश्वकपको पनि म्यान अफ द सिरिज पराजित भएको टिमका खेलाडीले पाएका थिए । त्यस यता यस्तो भएको छैन ।

२००३ को विश्वकपमा पराजित भएपनि भारतका सचिन तेन्दुलकरले म्यान अफ द सिरिजको उपाधि हात पारे । त्यस विश्वकपमा उनले प्रतियोगिताभर ६७३ रन नाएका थिए । उनले बलिङ मार्फत २ विकेट पनि हात परे । तर उपाधि जित्न नसके पनि सचिन म्यान अफ द म्याच घोषित भए ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया