चर्चित पथप्रदर्शक ध्रुव विष्टको सगरमाथामा ज्यान गयो

 जेठ १०, २०७६ शुक्रबार १९:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित हिमाल पथप्रदर्शक ध्रुव विष्टको सगरमाथामा ज्यान गएको छ ।

शुक्रबार सगरमाथाको तेश्रो शिविरमा बिरामी परेपछि तल ल्याउने क्रममा उहाँको ज्यान गएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । विष्ट हिमालय एक्सटिसी ट्रेकमार्फत सगरमाथा आरोहण सहयोगीको रुपमा जानु भएको थियो ।

यस्तै अर्का पथप्रदर्शक निमा तेञ्जिङ शेर्पाको मकालु हिमालमा ज्यान गएको छ । निमाको मकालु हिमाल आरोहण गरेर फर्कने क्रममा दोश्रो शिविरमा ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

यी दुईको मृत्युसँगै यस वर्ष आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया