लाेकसभा चुनावमा हार व्यहाेरेपछि राजीनामा दिँदै भारतीय कांग्रेसका वरिष्ठ नेता

 जेठ ११, २०७६ शनिबार ९:३४:३८ | एजेन्सी
unn.prixa.net

राज बब्बर

भारतीय लोकसभा चुनावमा हार व्यहोरेपछि  भारतीय कांग्रेसका नेताले राजीनामा दिन थालेका छन् ।

उत्तर प्रदेश का‌ंग्रेसका अध्यक्ष राज बब्बर, ओडिशाका प्रमुख निरन्जन पटनायक र कर्नाटकमा एचके पटेलले पार्टी प्रमुख राहुल गान्धीलाई आफ्नो राजीनामा बुझाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच राहुल गान्धीले पनि कांग्रेसकाे अध्यक्ष पदबाट राजीनामा दिन सक्ने अनुमान गरिएकाे छ ।

चुनावमा भएको हारको समट्ठक्षा गर्न शनिबार भारतीय का‌ंग्रेसको बैठक बस्दैछ ।  लाेकसभा चुनावमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिटमा जित हात पार्दा कांग्रेस भने ५२ सिटमा खुम्चिएकाे छ ।

यस्तै बहुमत प्राप्त गरेको भारतीय जनता पार्टीको संसदीय दलकाे बैठक बसेर औपचारिक रुपमा नरेन्द्र मोदीलाई दोस्रो कार्याकालको लागि प्रधानमन्त्री बनाउन निर्णय गर्ने तयारी छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया