राहुल गान्धीको राजीनामा स्वीकृत भएन

 जेठ ११, २०७६ शनिबार १३:१२:१९ | एजेन्सी
unn.prixa.net

लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ । 

शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राहुल गान्धीले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेका छन् । तर पार्टीका नेताहरुले उनको राजानीमा स्वीकृत गरेका छैनन् । गान्धीलाई पार्टीका वरिष्ठ नेताहरुले राजीनामा नदिन आग्रह गरेका छन् ।

बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कमल नाथ भने उपस्थित भएका छैनन् । मध्य प्रदेशमा कांग्रेसले नराम्रो पराजय भोगेको छ । पार्टीले यहाँ २९ मध्ये २८ मा हार व्यहोरेको छ । साथै पार्टीका वरिष्ठ नेता तथा मुख्यमन्त्री दिग्विजय सिंह तथा ज्योतिरादित्य सिंधियाजस्त हस्तीले समेत हार व्यहोर्नु परेको छ ।

बैठकमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह। महासचिव प्रियंका गान्धीसहितका वरिष्ठ नेताहरुको उपस्थिति थियो ।

लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट पनि जित्न सकेन । उ ५२ सिटमा समेटियो । कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपीलगायतका दलले ४० सिट जितेका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया