गुजरातको सूरतमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

 जेठ ११, २०७६ शनिबार १५:२१:१३ | एजेन्सी
unn.prixa.net

भारतको सूरत शहरमा भएको आगलागी परी ज्यान गुमाउनेको सङ्ख्या शनिबार २० पुगेको छ ।  ज्यान गुमाउने अधिकांश विद्यार्थी भएको बताइएको छ ।  

सूरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ मा रहेको कोचिङ सेन्टरमा रहेका विद्यार्थीहरु आगलागीमा परेका समाचारमा जनाइएको छ ।

शुक्रबार भएको आगलागीमा परी कम्तीमा १५ जनाको ज्यान गएको जनाइएको थियो । आगालागीमा परी घाइते व्यक्तिको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या अझ बढ्न सक्ने सुरतका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया