बायर्न म्युनिखले जित्यो १२ औं पटक घरेलु प्रतियोगितामा दोहारो उपाधि

 जेठ १२, २०७६ आइतबार ७:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बायर्न म्युनिखले घरेलु फुटबल प्रतियोगितामा १२ औं पटक दोहोरो उपाधि जितेको छ । बुन्डेस लिगाको उपाधि जितिसकेको बायर्नले शनिबार राति जर्मन कपको उपाधि जितेको हो ।

बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शून्यले हराउँदै बायर्नले जर्मन कपको उपाधि उचाल्यो । 

एकतर्फी बनेको फाइनलमा जित दिलाउन बायर्नका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ७८ औं मिनेटमा कोमनको गोल मार्फत खेलमा दुई शून्यले अगाडी रह्यो । त्यसपछि ८५ औं मिनेटमा पुनः लेवान्दोस्कीले नै बार्यनका लागि तेस्रो गोल गरे । 

यता लेइपजिङले पनि केहि गोलका सुन्दर अवसर पाएपनि बार्यनका गोलकिपर मानुयल नुयर बाधक बने । यसका साथै यो सिजनपछि बार्यनबाट बाहिरीने तयारीमा रहेका आर्यन रोवेन र फ्रांक रिवेरीको बिदाइ पनि सुखद भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया