आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ १२, २०७६ आइतबार १०:३९:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । 

यस्तै कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा छ । 

आइतबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया