काठमाण्डौको सुकेधारा र अनामनगरमा विस्फोट : ३ जनाको ज्यान गयो, ६ घाइते

 जेठ १२, २०७६ आइतबार १८:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौैका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 

सुकेधारामा भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । 

सुकेधाराको विस्फाेटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा  र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।  घट्टेकुलाेमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएको छ । 

‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै  लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो । 

दुवै ठाउँमा एकै समयमा विस्फोट भएको हो । घटनस्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया