घट्टेकुलोमा भएको विस्फोटमा घाइते हुने विप्लवका विद्यार्थी नेता

 जेठ १२, २०७६ आइतबार १८:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको घट्टेकुलोमा भएको बम विस्फोटमा घाइते भएकामध्ये एक जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको खुलेको छ । 
घाइते हुनेमा नेकपा निकटको क्रान्तिकारी विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष रवीन केसी रहेको प्रहरीले जनाएको छ ।

घट्टेकुलोमा रहेको लोकमञ्जरी कार्कीको घरमा विस्फोट भएको हो । घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएकाले विस्फोटमा नेकपाकै संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया