जनकपुर विमानस्थलबाट रात्रीकालीन विमान उडान सुरु

 जेठ १३, २०७६ सोमबार ७:५२:१७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर विमानस्थलबाट आइबारदेखि रात्रीकालीन उडान सुरु भएको छ । झण्डै १० करोडको लागतमा ‘एयर फिल्डग्राउण्ड लाइटिङ्ग सिस्टम’ जडान गरिएपछि रात्रिकालीन उडान सुरु गरिएको हो । 

पहिलो दिन बुद्ध एयरको ९ एन–ए जे एक्स विमानले जनकपुरबाट काठमाण्डौका लागि परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख सन्तोष ढकालले बताउनुभयो ।

जनकपुरबाट रात्रीकालीन उडान सुरु भएसँगै यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने युवाहरुलाई काठमाण्डौ आउन धेरै सहज भएको छ । जनकपुर विमानस्थलमा अहिले यति र बुद्ध एयरलाइन्सले उडान गर्दै आएका छन्। 

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया