बुद्ध एअरले आजदेखि काठमाण्डौ-कोलकाता उडान सुरु गर्दै

 जेठ १३, २०७६ सोमबार ८:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुद्ध एअरले सोमबारदेखि काठमाण्डौ-कोलकाता उडान गर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । 

सोमबारदेखि काठमाण्डौ–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया