करेन्ट लागेर ११ वर्षीय बालकको ज्यान गयो

 जेठ १३, २०७६ सोमबार १७:०:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मुसिकोट १३ छिबाङ्गमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । खेल्दा खेल्दै बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर ११ वर्षीय बालक केशव परियारको ज्यान गएको हो । 

सानीभेरी गाउँपालिका-१० घर भएका ११ वर्षीय केशव फुपूको घर आएका थिए । परियारको बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ।

करेन्ट लाग्दा घटनास्थाल मा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिनुभयो। 

प्रहरीका अनुसार, बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • काली प्रसद कंडेल पोखरा हाल साउदी अरब बाट

    May 28, 2019, 1:08 a.m.

    नेपालमा बिजुलीको तार हरु अस्तबेस्त छन पोल बाट नभई जमिन बाट पाइप लाइन र अल्लि गुडस्तर का टास्मितर को प्रयोग हुने हो भने मनबिय क्षेति धेरै नि कम गर्न सकिन्छ सरकार को ध्यान जाओस्

  •  0 Reply

तपाईको प्रतिक्रिया