सर्पको खुट्टा सर्पले नै देख्छ, विप्लवको समस्या नेकपालाई नै थाहा छ : नेता पौडेल

 जेठ १३, २०७६ सोमबार १९:४१:३५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्र विक्रम चन्द्र नेतृत्वको नेकपा विप्लव समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । 

सोमबार नेपाली कांग्रेस बझाङले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले विप्लव समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभयो । 

देश परिवर्तनका लागि गरेका सबै प्रयासहरु सफल भैसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन आएको यसका बारेमा मैले पटक–पटक प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको ध्यानार्कषण गराएको छु र समाधान पनि उहाँहरुले नै गर्नुपर्छ,’ नेता पौडेलले भन्नुभयो ।  

नेता पौडेलले सरकारले विप्लव माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप समेत लगाउनुभयो । सर्पको खुट्टा सर्पले नै देख्ने गरेको बताउँदै नेता पौडेलले विप्लवको समस्या र समाधानका बारेमा नेपाली कांग्रेसभन्दा पनि नेकपाका नेता बढी जानकार भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया