स्याङ्जाको मिर्मीमा भेटिएको शंकास्पद बस्तु ‘इँटा’

 जेठ १३, २०७६ सोमबार २०:९:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव स्याङ्जामा आंशिक रुपमा पर्यो ।

जिल्लाका शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहे भने दिनभर लामो तथा छोटो दूरीका सवारी पनि चलेनन् । बजार भने केही खुलेको थियो । साँझ परेपछि भने लामो दूरीको सवारी साधन चल्न थालेका छन् । सरकारी कार्यालय भने खुल्लै रहेप नि सेवाग्राहीको चाप शून्यप्रायः थियो ।  

यसैबीच सोमबारको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा फेला परेको शंकास्पद बस्तु इँटा भएको पुष्टि भएको छ । मिर्मी बजारमा रहेको इटाली चोकमा सेतो कपडाले बेरीे माथिबाट रातो कपडाको डोरीले बाँधेर भित्रबाट तार बाहिर निकालिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयवासी त्रसित भएका थिए ।

वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद बस्तु निष्क्रिय गर्दा इँटा भएको पाइएको हो । बन्दका क्रममा स्याङजा दिनभर शान्त रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया