मिक्लाजुङमा आज शोक बिदा

 जेठ १४, २०७६ मंगलबार ६:५८:२७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया