विश्वकप क्रिकेट अभ्यास खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी

 जेठ १४, २०७६ मंगलबार ७:५९:५८ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी भएको छ । अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । 

पहिलो अभ्यास खेलमा भने अस्ट्रेलियासँग १२ रनले पराजित भएको थियो । सोमबार अफगानिस्तानविरुद्ध जित निकाल्दा जोसन रोयले नट आउट ८९ रन बनाउँदा जोनी बेरस्टोले ३९ रन बनाए । यसैगरी जोय रुटले नट आउट २९ रनको योगदान गरे ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । उसका मोहम्मद नावीले सर्वाधिक ४४ रन बनाउँदा नुर अलि जर्दानले ३० रन जोडे । दलत जर्दान २० रनमा नट आउट रहे । अफगानिस्तानलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र जोय रुटले तीन तीक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया