विश्वकपमा केनको छैटौं गोल

 असार १९, २०७५ बुधबार ५:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - ईंग्ल्याण्डका कप्तान ह्यारी केनले जारी विश्वकपमा आफ्नो गोलसंख्या ६ पुर्याएका छन् । कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा शीर्ष स्थानमा छन् । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु ४ गोलका साथ उनलाई पछ्याइरहेका छन् ।

यसअघि समूह चरणका दुई खेलमा केनले ४ गोल गरेका थिए । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६-१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए ।

बेल्जियम बिरुद्धको समूहको तेस्रो खेलमा भने उनलाई आराम दिइएको थियो । ३ खेलमा ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् ।

केन लगातार ६ अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने दोश्रो इंग्लिस खेलाडी बनेका छन् । यसअघि टोमी लटनले सन् १९३९ मा पनि यस्ते कीर्तिमान राखेका थिए ।

विश्वकपमा काेलम्बियासँग बराबर खेलेपछि पेनाल्टी शुट अाउटमा ईंग्ल्याण्डले ४ –३ ले काेलम्बियालाई हराएकाे थियाे । पेनाल्टीमा पनि केनले गाेल गरे । तर टाईब्रेकरकाे गाेल गाेल्डेन बुटका लागि मान्य हुनेछैन ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया