वन र रिंगिटको भाउ स्थिर, अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घट्यो

 जेठ १४, २०७६ मंगलबार १०:२२:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज मंगलबार अमेरिकी डलरसहित रियाल, दिर्हाम र दिनारको भाउ केही घटेको छ । मलेसियन रिंगिट स्थिर छ भने कोरियन वन एक पैसा बढेको छ ।

आज मंगलबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९० पैसा र बिक्रीदर १११ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५७ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिटको भाउ सोमबार जस्तै छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४३ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा थियो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया