दक्षिण अफ्रिकाका अनुभवी बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्धको उद्घाटन खेल गुमाउने

 जेठ १४, २०७६ मंगलबार १८:५७:१० | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकाका अनुभवी बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्धको उद्घाटन खेल गुमाउने भएका छन् ।

घाइते रहेका स्टेन पूर्ण रुपमा फिट नभएपछि उनी बिहीबारदेखि सुरु हुने विश्वकपको उद्घाटन खेल गुमाउने भएका छन् ।

हालै भारतमा भएको आईपीएलका दौरान डेल स्टेन घाइते भएका थिए ।  दक्षिण अफ्रिकाले दोस्रो खेल भारतसँग जुन पाँच तारिखमा खेल्ने छ । त्यतिबेलासम्म उनी फिट भइसक्ने अनुमान गरिएको छ ।

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले स्टेनको फिटनेसले टिममा केही प्रभाव पारे पनि तीनमध्ये एक अनुभवी बलर बाहिर बस्नु पर्ने बताएका थिए ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया