बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ८ जना घाइते, २ बेपत्ता

 असार २०, २०७५ बुधबार ७:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले संकलन गरेको तथ्याङक अनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् । यस्तै बाँकेमा खोला तर्ने क्रममा डुबेर र पौडि खेल्ने क्रममा डुबेर ४ जनाको ज्यान गएको छ । सिन्धुलीमा खोलामा डुबेर र बगाएर  २ जनाको ज्यान गएको  छ ।

रोल्पामा घर भत्किएर च्याप्दा सुत्केरी सहित ३ जनाको ज्यान गएको छ । चितवनमा नहरमा डुबेर १ जनाको ज्यान गएको छ । पर्सामा खोला तर्ने क्रममा बगाएर २ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । काठमाडौमा खोला तर्ने क्रममा १ जनाको ज्यान गएको छ । सर्लाहीमा खोलाले बगाएर २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

यसैगरी तनहुँमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । यस्तै, सिरहामा पानीकोे खाल्डोमा डुबेर  १ जनाको ज्यान गएको छ । दाङमा खोला तर्ने क्रममा १ जनाको ज्यान गएको छ । 

मकवानपुरमा घरमाथिको ढिस्को खसेर पुर्दा २ जनाको ज्यान गएको छ । तनहुँमा वर्षाका कारण सालको रुख ढलेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । महोत्तरीमा वर्षाले डुबान भएपछि सर्पले टोकर १ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया