विश्वकप क्रिकेटकाे इतिहासमा सबैभन्दा सफल टिम अष्ट्रेलिया

 जेठ १५, २०७६ बुधबार १३:३७:२७ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट बिहीबारदेखि सुरु हुँदैछ । १९७५ देखि अहिलेसम्म ११ वटा विश्वकप भइसकेका छन् । पहिलो विश्वकप इंग्ल्याण्डमा भएको थियो भने अहिले पनि इंग्ल्याण्डमा हुँदैछ ।

११ औं संस्करण पूरा हुँदासम्म ४ सय खेल भएका छन् । जसमा ३८९ खेलमा नतिजा निस्किएको छ भने ११ खेलको नतिजा आएन । चार खेल बराबरी भएका थिए भने ७ खेल रद्दनै हुन पुगे ।

विश्वकप खेल्ने १० राष्ट्रमध्ये सबैभन्दा उत्कृष्ट टिम नतिजाका आधारमा अस्ट्रेलिया रहेको छ । उसले ८४ खेलमध्ये ६२ खेलमा जित हात पारेको छ भने २० खेलमा पराजित हुँदा एउटा खेल बराबरी भएको थियो । एउटा खेल भने रद्द भयो । अस्ट्रेलियाको विश्वकपमा जीत प्रतिशत ७४.६९ रहेको छ । अष्ट्रेलियाले ५ पटक विश्वकपकै उपाधि जितेकाे छ ।

दोस्रो नम्बरमा न्यूजिल्याण्डले ७९ खेल खेलेको छ । उसले ४८ खेलमा जित हात पार्दा ३० खेलमा पराजयको सामना गर्नुपर्यो । एक खेल भने रद्द भएको थियो । न्यूजिल्याण्डको जित प्रतिशत ६१.५३ रहेको छ ।

भारतले अहिलेसम्म ७५ खेल खेलेको छ । जसमा ४६ खेलमा जित, २७ खेलमा हार र एक खेल रद्द भएको छ । एक खेल भने बराबरी भएको थियो । भारतको जित प्रतिशत ६२.१६ रहेको छ । दक्षिण अफ्रिकाले ५५ खेल मध्ये ३५ मा जीत निकालको छ । जसमा १८ खेलमा पराजित हुँदा उसका २ खेल बराबरीमा टुंगिएका छन् ।

दुई पटकको विश्वकप विजेता वेस्टइण्डिजले ७१ खेल खेल्दा ४१ खेलमा जित हात पारेको छ । २९ खेलमा पराजित भयो भने १ खेल रद्द भयो ।

पाकिस्तानले पनि ७१ खेल खेलेकोमा ४० मा जित, २९ मा हार र २ खेल रद्द भएका छन् । पाकिस्तानले जितको प्रतिशतमा ५७.९७ रहेको छ ।

इंग्ल्याण्डले ७२ खेल खेलेको छ । ४१ मा जित निकाल्दा २९ खेलमा पराजित भएको छ । एक खेल रद्द भयो भने एक खेल बराबरीमा टुंगियो । श्रीलंकाले इंग्ल्याण्डभन्दा एक खेल बढी खेलेको छ । जसमा उसले ३५ मा जित र ३५ मा हारको सामना गर्दा २ खेल रद्द भए भने एक खेल बराबरी भएको थियो ।

बंगलादेशले विश्वकपमा ३२ वटा खेल खेलेको छ । जसमा ११ खेलमा जित निकालेको छ । २० खेलमा पराजित भएको छ भने एक खेल रद्द भएको थियो ।

यसैगरी केन्या, आयरल्याण्ड, जिम्बाब्वे, अफगानिस्तान, क्यानडा, नेदरल्याण्ड्स, यूएई, बर्मूडा, इस्ट अफ्रिका, नामिबिया र स्कटल्याण्डले पनि विश्वकप खेलेका छन् ।

यीमध्ये जिम्बाब्वेले सबैभन्दा धेरै ५७ वटा खेल खेल्दा ११ खेलमा मात्र जित हात पारेको छ । ४२ खेलमा पराजित भयो भने १ खेल बराबरीमा टुंगियो । तीन खेल भने रद्द भएका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया