धादिङमा पर्यटक बोकेको बस खोलामा खस्यो : एक जनाको ज्यान गयो

 जेठ १५, २०७६ बुधबार १६:२७:३१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । 

सुनौलीबाट काठमाण्डौ आइरहेको बा १ प १३६३ नम्बरको पर्यटक बोकेको बस र काठमाण्डौबाट गल्छी हुँदै रसुवा जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर एकआपसमा ठोक्किँदा पर्यटक बोकेको बस महेश खोलामा खसेको हो ।  

दुर्घटनामा बा १ प १३६३ नम्बर बसका चालक लमजुङका हरि न्याैपानेको ज्यान गएको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले उज्यालोलाई जानकारी दिनुभयो ।   बसमा चालकसहित १६ जना रहेकाे प्रहरीले जनाएकाे छ । 

घाइतेहरुमध्ये ८ जना गम्भीर घाइतेलाई काठमाण्डौ रिफर गरिएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया