पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड बजेट : नेपाल एकीकरणका क्रममा प्रयोग भएका किल्ला र गढीको विकास गरिने

 जेठ १५, २०७६ बुधबार १७:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने जनाएको छ । 

आउँदो आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले प्रमुख पर्यटकीय  स्थललाई नाइस पर्यटकीय स्थलको रुपमा विकास गर्ने गर्ने सरकारको बजेटमा उल्लेख छ । 

यस्तै  नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी र किल्लाको विकास गर्ने बजेटमा उल्लेख छ । पर्वतीय र कृषि, ग्रामीण, जलयात्रा, खेल पर्यटनजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्ग बनाउने पनि बजेट विनियोजन भएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया