बानेश्वर, कोटेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण गर्न १ अर्ब ८५ करोड

 जेठ १५, २०७६ बुधबार १७:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डाै उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाण्डाै उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।
अहिले कलंकीमा मात्रै अण्डरपास निर्माण भएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया