सडक, रेल र जल यातायात पूर्वाधारका लागि एक खर्ब ६३ अर्ब ५२ करोड

 जेठ १५, २०७६ बुधबार १७:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सडक पूर्वाधारको बजेट अभाव हुन नदिन आगामी बजेटमा नयाँ योजना ल्याएको छ । 

आउँदो आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले पेट्रोल र डिजलबाट प्रतिलिटर १ रुपैयाँ उठाएर सडक पूर्वाधारको बजेट अभाव हुन नदिने बजेटमा उल्लेख छ । 

यसअघि बुढिगण्डकी जलविद्युत आयोजनाको लागि प्रतिलिटर ५ रुपैयाँ उठाइँदै आएको छ । सडक, रेल र जल यातायात पूर्वाधारका लागि सरकारले एक खर्ब ६३ अर्ब ५२ करोड बजेट छुट्याएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया