मोतीहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको काम एक वर्षभित्र सक्न ११ अर्ब १४ करोड

 जेठ १५, २०७६ बुधबार १८:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै त्यस क्षेत्रमा ११ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । बजेटमा आगामी आर्थिक वर्षभित्र चीनसँग गरिएको पारबहन सम्झौताको प्रोटोकल अनुसार त्यहाँको बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार सुरु गर्ने पनि उल्लेख गरिएको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन निर्माणाधीन मोतीहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको कामलाई एक वर्षभित्र सम्पन्न गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

बजेटमा खाद्यान्न भण्डारण केन्द्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया