गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडामा विमानस्थल बन्ने

 जेठ १५, २०७६ बुधबार १७:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आउँदो वर्ष नयाँ विमानस्थललाई जोड दिएको छ ।

सरकारले गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडामा विमानस्थल बनाउने बजेटमा उल्लेख छ । यस्तै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाएर २४ घन्टा चलाउने, यसैवर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरी ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८ अर्ब विनियोजन भएको छ । हवाइ पूर्वाधारको लागि १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया