सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने : हरेकको भागमा ६ करोड, अर्थमन्त्रीलाई सा‌ंसदकाे ताली

 जेठ १५, २०७६ बुधबार १८:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।

अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । 

यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको यो घोषणापछि सांसदहरुले गडगडाहट तालीले स्वागत गरेका छन् । हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष  ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया