बजेटबारे डाक्टर भट्टराई : पुराना काम दोहोर्‍याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन

 जेठ १५, २०७६ बुधबार २०:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले ‘पपुलिस्ट’ अर्थात लोकरिझ्याइँवाला बजेट ल्याएको बताउनु भएको छ ।

बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेस गर्नु भएको बजेटमा केही पपुलिष्ट र केही कस्मेटिक कुरा भएको डाक्टर भट्टराई बताउनुभयो । उहाँले सरकारले पुराना कुरा दोहोर्‍याउँदै फरक परिणाम खोजेको बताउँदै यसलाई पागलपनको संज्ञासमेत दिनु भएको छ । 

सरकारले ल्याएको बजेटबारे डाक्टर भट्टराई ट्विटरमा लेख्नुहुन्छ, ‘नयाँ वर्षको बजेट पुरानै निरन्तरतामा देखियोस् । केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक, यत्तिकैमा भित्री र बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला ? त्योबिना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया