आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत बजेटकाे पूर्ण पाठ

 जेठ १५, २०७६ बुधबार २०:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आउँदो आर्थिक वर्षका लागि  १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख रुपैयाँ निर्धारण गरिएको बताउनुभयो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ  एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख विनियोजन गरिएको छ । 

आउँदो आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट रु ५७ अर्ब ९९ करोड ५५ लाख उपयोग गर्दा नपुग्ने रु चार खर्ब ९३ अर्ब ८३ करोड बराबरको रकम वैदेशिक ऋण र अन्य स्रोतबाट व्यहोरिनेछ ।

आर्थिक वर्ष २०७६-७७ का लागि ल्याइएकाे बजेटकाे पूर्ण पाठ

 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया