हंगेरीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु, १९ जना बेपत्ता

 जेठ १६, २०७६ बिहिबार १२:१:४६ | एजेन्सी
unn.prixa.net

हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने १९ जना हराइरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

समाचार संस्था एमटीआईका अनुसार, डुंगामा ३३ जना मानिसहरु थिए, ती मध्ये धेरै दक्षिण कोरियाका पर्यटक थिए । त्यो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो । यो दुर्घटना स्थानीय समय अनुसार, रातिको १० बजे भएको हो । 

डुबेको डुंगालाई हेबलेनी को रुपमा पहिचान गरिएको छ । डेन्यूब नदी पर्यटकहरुका लागि एक आकर्षक गन्तव्य हो । डुंगामा ४५ जनाको क्षमता रहेको अधिकारीहरुले जनाएका छन् । 

दक्षिण कोरियाको विदेश मन्त्रालयले १९ जना कोरियाली नागरिक हराइरहेको र उद्धारका लागि एक टोली पठाइने बताएको छ । दक्षिण कोरियाको सियोलका प्रवक्ताले डुंगा दुर्घटनामा कम्तीमा एक जना बालक हराइरहेको जानकारी दिए । 

अहिले डेन्यूब नदीमा हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ र डेन्यूब नदीको दक्षिणमा डुंगा पनि चलेका छैनन् । 
 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया