करेन्ट लागेर धादिङमा एकजनाको मृत्यु

 असार २०, २०७५ बुधबार ११:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ  – सानिमा विकास बैक धादिङका गाडी चालक ५५ वर्षीय अर्जुन भन्ने राजकुमार श्रेष्ठको बुधबार बिहान घरमा पानी तान्नेक्रममा करेन्ट लागेर ज्यान गएको छ ।

निलकण्ठ नगरपालिका वडा ३ निवासी श्रेष्ठले राएटारमा नयाँ बनाउन लागिएको घरमा पानी हाल्न लाग्दा अर्को घरबाट ल्याइएको तारबाट करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया