विश्वकप क्रिकेट: उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई इंग्ल्याण्डकाे बलियाे लक्ष्य, ४ खेलाडीले हाने अर्धशतक

 जेठ १६, २०७६ बिहिबार १९:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टिम इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३१२ रनको बलियो लक्ष्य दिएको छ ।

लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे ।

जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने ओयन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्टाेक्सबीच चौथो विकेटका लागि १०६ रनको साझेदारी भएको थियो । स्टाेक्सले ८९ रन बनाए ।  त्यस्तै जोस बट्लरले १८ रन बनाउँदा मोइन अलीले मात्र तीन रन जोडे । यस्तै क्रिस वोक्सले १३ रन थपे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ र लुंगी एनगिडीले ३ विकेट हात पारे । त्यस्तै कागिसाे रबाडाले २ विकेट लिए । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया